कास्कीको बिरौटामा पैदलयात्रीलाई ठक्कर दिएर डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक र पैदलयात्रुको मृत्यु
असोज २९,पोखरा – कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका –१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा महानगरपालिका–१७ बिरौटामा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




-1791789367.2026-10-12-06-35-49.jpeg)
प्रतिकृया दिनुहोस