स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
असोज ३१, पोखरा - स्याङ्जामा ४७ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । यहाँको अर्जुनचौपारी गाउँपालिका–४ खेवाङमा ४७ वर्षीय नारायण परियार मृत फेला परेका हुन् ।घरदेखि करिब ८०० मिटर टाढा रहेको गोरेटो बाटोभन्दा तीन मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार परियार बिहीबार साँझ दाजुको घरबाट कसैलाई नसोधी निस्किएका थिए । उनी घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीले घटनास्थलको जाँच तथा मुचुल्का तयार गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल स्याङ्जा पठाएको अवस्थीले जानकारी दिनुभयो । घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।




-1791789367.2026-10-12-06-35-49.jpeg)
प्रतिकृया दिनुहोस