रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १४औं डिष्ट्रिक कन्फ्रेन्स झापाको काँकाडभिट्टामा आईतावार सम्पन्न ।। यस वर्षको राष्ट्रिय रोटाक्वीच प्रतियोगितामा रोटरी क्लव अफ पर्वतले हात पा¥यो दोश्रो स्थान ।
विश्वकै अग्रणी मानवीय सेवामा समर्पित रोटरी इन्टरनेशनल अन्र्तगत स्थापित रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको चौधौं डिष्ट्रिक कन्फ्रेन्स झापाको काकडभिट्टामा आईतावार सम्पन्न भएको छ । देशभरका झण्डै डेढसय रोटरी क्लववाट १ हजार दुई सय भन्दा वढि रोटरीयनहरु सम्मेलनमा सहभागी हुनु भएको थियो ।
यसै विच रोटरी डिष्ट्रिकले आयोजना गर्दै आएको राष्ट्रिय रोटक्वीच प्रतियोगितामा रोटरी क्लव अफ पर्वतले दोश्रो स्थान हासिल गर्न सफल भएको छ । देशभर गत चैत्र १२ गते शनिवारका दिन सम्पन्न क्षेत्रीय प्रतिस्पर्धामा प्रथम हुन सफल क्लवहरुका विच राष्ट्रिय प्रतिस्पर्धा गराईएको हो । पोखरामा सम्पन्न क्षेत्रीय प्रतियोगितामा ९ वटा क्लवहरुलाई पछाडी पार्दै रोटरी क्लव अफ पर्वत प्रथम स्थान हासिल गरी राष्ट्रिय प्रतिस्पर्धामा गण्डकी क्षेत्रकै प्रतिनिधित्व गरेको थियो ।
रोट्याक्ट्र शुस्मा प्रसाईको नेतृत्वमा रोटरी क्लव अफ पर्वतका अध्यक्ष रोटरीयन उत्तम प्रसाद अधिकारी र रोट्रयाक्टर अनिता सोतीले क्लवको तर्फवाट अन्तिम प्रतिस्पर्धामा भाग लिनु भएको थियो भने क्लवका पुर्व अध्यक्ष रोटरीयन सावित्री खत्री क्षेत्रीले टिमलाई संरक्षकत्व प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा रोटरी क्लव अफ विराटनगरले प्रथम र रोटरी क्लव अफ पाल्पा लुम्विनीले तेश्रो स्थान हासिल गरेको छ । प्रथम हुने रोटरी क्लव अफ विराटनगरले २५ हजार नगद, प्रमाणपत्र सहित टफी प्राप्त गरेको छ भने दृतिय हुने रोटरी क्लव अफ पर्वतले नगद पुरस्कार १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको कन्फ्रेन्स स्थलवाट क्लवका आगामी अध्यक्ष रोटरीयन कृष्ण प्रसाद शर्मा र सचिव रोटरीयन योगराज गिरीले जानकारी दिनु भएको छ ।





प्रतिकृया दिनुहोस