असल संरक्षक स्वर्गिय कृष्ण कुमारी मेधासीको १७औं पुण्य तिथिमा ओम शिवशक्ति कल्याणी बाल आश्रम लामाचौर पोखरामा विभिन्न खाद्य सामाग्री सहयोग । पित्रीहरुको स्मरण र सम्मानमा जिवितै दुखमा रहेका मानवहरुलाई सहयोग गर्नु सह्रानीय रहेको समृद्ध समूहका अध्यक्ष प्रसाईको भनाई ।।

२०७९ वैषाख १० गते, पोखरा, कास्की । समृद्ध समाचारदाता÷नेष्डो समृद्ध समूहको सदस्य संस्था नेष्डो नेपालका संस्थापक संरक्षक स्वर्गिय कृष्ण कुमारी मेधासीको १७औं पुण्य तिथिमा सोमवार एक शोक सभाको साथमा ओम शिवशक्ति कल्याणी बाल आश्रम, लामाचौर पोखरामा खाद्यन्न सहयोग प्रदान गरिएको छ । आश्रमले १३ जना अनाथ असाहय बालबालिकालाई आश्रम दिई नियमित शिक्षाको अवसर दिंदै आएको छ । स्वर्गिग मेधासीको नाती पुर्व रथी देवेन्द्र वहादुर मेधासी, नातीति लक्ष्मी कुमारी मेधासी र नातीति जुवाई विश्व प्रकाश प्रसाईवाट आश्रमको आवश्यकता अनुसार १५ हजार वरावरकोे खाद्य सामाग्रीको साथै ७ हजार वरावरको कपी कलम उपलव्ध गराईएको हो ।

कार्यक्रममा वोल्दै नेष्डो समृद्ध समुहका अध्यक्ष विश्व प्रकाश प्रसाईले पित्रृहरुको स्मरण र सम्मान नै सवैभन्दा ठूलो पुण्य हुने भन्दै स्वर्गिय जिजुमुमाको आत्माको चिरशान्तिको लागि आश्रममा सहयोग गरिएको वताउनु भयो । कार्यक्रममा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सावित्री खत्री क्षेत्रीले पुण्य तिथिमा समस्यमा रहेकाहरुलाई यस किसिमको सहयोग गर्नु सच्चा श्राद्ध भएको वताउनु भयो । जेष्ठ नागरीक मन्चका अध्यक्ष टोपराज ढुङ्गानाले हरेकले यस किसिमका सहयोग गर्न सकेमा हरेक दुखमा साथ पुग्ने वताउनु भयो । पोखरा उद्योग वाणिज्य संघका सदस्य शोभ गौतमले नेष्डो परिवारमा छुट्टै संस्कार रहेको वताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका प्रवन्धक नारायण प्रसाई, रोट्याक्ट क्लव अफ पर्वत पोखराका निवर्तमान अध्यक्ष सुस्मा प्रसाई लगायतले शोक मन्तव्य दिंदै दुखमा पनि मानवीय सेवामा परिवारले पु¥याउनु भएको योगदानको सह्राना गर्नु भएको थियो ।

स्वर्गिय मेधासीका नातीनी लक्ष्मी कुमारी मेधासीको अध्यक्षता एवम् एचआर अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा शोक सभा तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै
↑