नेष्डो समृद्ध लघुवित्त लघुवित्तका अध्यक्ष सावित्री खत्री क्षेत्रीको ४५औं शुभजन्मोत्सव अवसरमा मानव सेवा आश्रममा दिवा भोजन कार्यक्रम सम्पन्न । हुँदा खानेहरुले आफ्ना शुभ अवसरमा मानवीय सेवामा केही योगदान गर्न सके वन्चितीमा परका नागरीकलाई राहात पुग्ने समृद्ध समूहका अध्यक्ष प्रसाईको भनाई ।।
नेष्डो समृद्ध लघुवित्त लघुवित्तका अध्यक्ष सावित्री खत्री क्षेत्रीको ४५औं शुभजन्मोत्सव अवसरमा मानव सेवा आश्रममा दिवा भोजन कार्यक्रम सम्पन्न ।
हुँदा खानेहरुले आफ्ना शुभ अवसरमा मानवीय सेवामा केही योगदान गर्न सके वन्चितीमा परका नागरीकलाई राहात पुग्ने समृद्ध समूहका अध्यक्ष प्रसाईको भनाई ।।
२०७९ वैषाख १० गते, पोखरा, कास्की । समृद्ध समाचारदाता÷नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष, सामाजिक अभियान्त सावित्री खत्री क्षेत्रीको ४५औं शुभ जन्मोत्सवको अवसरमा मानव सेवा आश्रम, छोरेपाटन पोखरामा एक विशेष कार्यक्रमको विच आश्रममा रहनु भएका लक्ष्मीमाताहरुलाई दिवा भोजन ग्रहण गराईको छ । कार्यक्रममा भोजन वापत १५ हजार वरावरको खाद्यन्न सामाग्रीको साथै दश हजार नगद सहयोग प्रदान गरिएको थियो । हालै वैवाहिक दिवजन्मोत्सव लगायतका शुभ अवसरहरुलाई तडक भडकमा सिमित नराखी मानवीय सेवामा योगदान पु¥याउने उद्देश्यले शुभजन्मोत्व समरोहका साथै भोजन ग्रहण गराईएको हो । आज शुभ जन्मोत्सव पर्नु हुने खत्री नेष्डो नेपालका कोषाध्यक्ष, अमरटिका प्रतिष्ठानका उपाध्यक्ष, रोटरी क्लव अफ पर्वत एवम् इनरह्वील क्लव अफ पर्वतका पुर्व अध्यक्ष समेत हुनुहुन्छ ।
शुभ जन्मोत्सव समारोहमा अध्यक्षको आसनवाट वोल्दै नेष्डो समृद्ध समूह नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाईले हुनेखाने सवैले आफ्ना शुभ अवसरमा यस किसिमका मानवीय सेवामा केही योगदान गर्न सकेमा वन्चितीमा परेका नागरिकलाई राहात पुग्ने वताउनु भयो । वढदो तडक भडकलाई न्यूनिकरण गरी मानवीय सेवामा सवैको सहभागिता गराउनु आजको आवश्यकता रहेको उहाँको भनाई थियो । उहाँले सडकमा विक्षिप्त अवस्थामा रहेका मानवहरुलाई आश्रम ल्याई लक्ष्मी नारायणको दर्जामा स्थापित गराउन मानव सेवा आश्रम र यहाँका सेवकले गरेको योगदान अतुलनीय रहेको भन्दै सवै सामाजिक मनका धनिहरुलाई यस अभियानमा साथ र सहयोग दिन आह्वान पनि गर्नु भयो ।
कार्यक्रममा इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष लक्ष्मी कुमारी मेधासी, रोटरी क्लव अफ पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी, जेष्ठ नागरीक मन्चका अध्यक्ष टोपराज ढुँगाना, पोखरा उद्योग वाणिज्य संघका सदस्य एवम् महिला उद्यमी शोभा गौतम, रोट्याक्ट क्लव अफ पर्वत पोखराका अध्यक्ष सुस्मा प्रसाई, आश्रमका केन्द्रिय सदस्य होमराज तिमिल्सिना लगायत, प्रवन्धक नारायण प्रसाई, सहायक प्रवन्धक कमल शर्मा, अधिकृत शान्ति शर्मा, रोट्याक्टर अनिता सोती, संगिता ठाडा लगायतले खत्री क्षेत्रीलाई जन्म दिनको शुभकामना दिंदै मानवीय सेवामा उहाँले पु¥याउनु भएको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो ।
सावित्री खत्री क्षेत्रीको आभार तथा धन्यवाद मन्तव्य सहित सम्पन्न शुभ जन्मोत्वस एवम् दिवा भोजन कार्यक्रममा नेष्डो समृद्ध समूहका वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालले स्वागत एवम् एचआर अधिकृत इश्वरी प्रसाद शर्माले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।





प्रतिकृया दिनुहोस